दफा ३५
अन्तर्वार्ता समितिको गठन
(१) उम्मेदवारको छनौटको लागि अन्तर्वार्ता लिन केन्द्रीय कार्यालयमा अध्यक्ष वा निजले तोकेको सदस्य वा अन्य कुनै व्यक्तिको अध्यक्षतामा तोकिए बमोजिम अन्तर्वार्ता समिति गठन हुनेछ ।
(२) आयोगको केन्द्रीय कार्यालय बाहेक अन्य कार्यालयमा हुने अन्तर्वार्ताको लागि अन्तर्वार्ता समितिको गठन तोकिए बमोजिम हुनेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम अन्तर्वाता समिति गठन गर्दा समावेशी सहभागिता सुनिश्चित गरिनेछ ।
स्पष्टीकरणः यस उपदफाको प्रयोजनका लागि अन्तर्वार्ता समितिमा महिला,
आदिवासी÷जनजाति, मधेशी, दलित, पिछडिएको क्षेत्रका व्यक्तिमध्ये कम्तीमा एकजना सदस्य रहेमा समावेशी सहभागिता सुनिश्चित भएको मानिनेछ ।
(४) अन्तर्वार्ता सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।